जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्याङ्जामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

स्याङ्जामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान पौने ९ बजे कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ आँधीमुहान ड्यामस्थित भित्री सडकमा बसले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

उनका अनुसार जयपतेबाट रिडी जाँदै गरेको ग १ ख ४१५० नम्बरको बसले पैदल हिँडिरहेका ३० वर्षीय अजित बोटेलाई ठक्कर दिएको थियो।

ठक्कर पछि बोटेको घटनास्थलमै मृत्यु भएको डिएसपी रानाले बताए।

घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।