जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा स्याङ्जाका दर्जी लागु औषधसहित पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा लागु औषधसहित १ जना पक्राउ परेका छन् ।

पोखरा महानगर पालिका वडा नम्बर १७ छोरेपाटन स्थित लागु औषध ब्युरो शाखा कार्यालय र जिल्ला प्रहरी कास्कीबाट खटिएको टोलिले स्याङ्जाबाट पोखरातर्फ आउदै गरेको बसमा शंका लागी चेकजाँच गर्दा पछाडि बोक्रे झोलामा लुकाइ छिपाइ ल्याएको लागु औषध नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा स्याङ्जा आधिखोला गाउँ पालिका वडा नम्बर २ का ३३ वर्षीय सुभास दर्जी रहेका छन ।

उनको साथबाट डाईजापाम ९९ एम्पुल, फेनेरागन ९५ एम्पुल र नुर्फिन ९८ एम्पुल गरी जम्मा २९२ एम्पुल लागू औषध सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

दर्जीलाई जिल्ला अदालतबाट लागू औषध मुद्धामा १५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।