जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा सुनका मुन्द्रा चोरी गरेको आरोपमा पटके महिला पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा सुनका मुन्द्रा चोरी गरेको आरोपमा १ जना महिलालाई पुन पक्राउ परेकी छिन ।

पोखरा महानगर पालिका वडा नम्बर १२ शितलादेवी स्कुलबाट ६ वर्षकी बालिकालाई ललाई फकाई गरी निजले कानमा लगाएको सुनको मुन्द्रा र बालिकाको घरमा रहेको भुड्कीको पैसा समेत चोरी गरेर फरार भएकी महिलालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा पर्वत जिल्ला मोदी गाउँपालिका वडा नम्बर ६ घर भइ हाल पोखरा महानगर पालिका वडा नम्बर ४ गणेश टोल बस्ने ३४ वर्षकी टीका श्रेष्ठ रहेकी छ्न ।

उनको साथबाट सुनको मुन्द्रा २ थान र नगद २ हजार २ सय ४० रुपैयाँ सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

उक्त महिलाले यस अघि पनि विभिन्न १२ जना महिला तथा बालबालिकाहरुलाइ ललाई फकाई गरि सुनका गरगहना चोरी गरेको कसुरमा ९ महिना कैद र २८ हजार जरिवाना तिरेर छुटेकी थिइन ।

श्रेष्ठलाई जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धि मुद्धामा ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।