जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

टाइगर कप भलिबल : डिफेण्डिङ च्याम्पियन एपिएफ फाइनलमा

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा जारी टाइगर कप भलिबल अन्तर्गत महिला तर्फको खेलमा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपिएफ फाइनल प्रवेश गरेको छ । अर्को विभागीय टिम त्रिभुवन आर्मीलाई ३–२ को सेटमा हराएर एपिएफ फाइनल प्रवेश गरेको हो ।

पहिलो सेट १९–२५ र दोस्रो सेट २०–२५ ले गुमाएको एपिएफले उत्कृष्ट पुनरागमन गर्दै पछिल्ला तीन सेटमा लगातार जित निकाल्यो ।

तेस्रो सेट २५–१२, चौंथो सेट २५–१६ र अन्तिम सेट १५-१३ स्कोर सहित एपिएफले खेल आफ्नो पोल्टामा पार्यो । एपिएफले अब न्यु डायमण्ड र नेपाल पुलिस क्लबबिच हुने खेलको विजेतासँग फाइनल खेल्ने छ । उक्त खेलमा पराजित भएको टिमसँग आर्मीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छ ।