जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घट्यो सुनचाँदीको मूल्य

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँको गिरावट आएको जानकारी दिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधवारको तुलनामा आज मूल्यमा गिरावट आएको हो ।

७०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ९५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत घटेर कारोबारमा आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबारमा आएको छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम छ । जुन, हिजो बुधवार तोलामा १४ सय रुपैयाँ कायम थियो ।