जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा पुर्व सांसद क्लब गठन

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकीका संस्थापक प्रदेशसभा सदस्यहरू संगठित भएका छन् । पोखरामा बिहीबार भएको भेलाले गण्डकी प्रदेशसभा, पूर्वसांसद मञ्च गठन गर्ने निर्णय भएको छ ।

पूर्वसांसद ओमकला गौतमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई समृद्ध बनाउँदै प्रदेशवासीको हक हित प्रवर्धन मञ्च गठन गरिएको बताइन् ।

संघीय संसद् तथा गण्डकी प्रदेशसभासँग समन्वय गरी गण्डकी प्रदेशसभाको काम कारबाहीमा प्रभावकारिता ल्याउने उद्देश्यले गण्डकी प्रदेशसभाका पूर्वसदस्यहरू रहने गरी मञ्च गठनको निर्णय गरिएको उनको भनाइ थियो ।

भेलाले मञ्चको विधान मस्यौदा निर्माणका लागि समिति समेत गठन गरेको छ । विधान मस्यौदा तथा भेला आयोजक समितिको संयोजक पूर्वसभामुख नेत्रनाथ अधिकारीलाई तोकिएको छ । समितिको सदस्यमा सिर्जना शर्मा, मायानाथ अधिकारी, सावित्रा राना, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, गायत्री गुरुङ, विनोद केसी, खीमविक्रम मल्ल र धनमाया पोखरेल लामा छन् ।

मञ्चको अर्को भेला प्रदेशसभा स्थापनाको दिन माघ २२ गते प्रदेशसभा परिसरमा बस्ने निर्णय गरेको छ । गण्डकी प्रदेशसभा ६० सदस्यीय छ ।