जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सफल पोखरा म्याराथनलाई शान्ति निकेतनको साथ

जन्मभुमि खबर ,
पोखरा ।

आगामी फागुन पहिलो साता हुने सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई शान्ति निकेतन बोर्डिङ स्कुलले साथ र सहयोग गर्ने भएको छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणमा शान्ति निकेतनले समेत साथ दिने भएको हो । प्रत्यक्ष रुपमा खेलाडी तथा विधार्थीको जिवनसँग समेत जोडिएको विषय खेल क्षेत्र भएकाले म्याराथनमा विधालयको समेत सहभागिता रहने भएको हो ।

पोखरा ५ मालेपाटनस्थित विद्यालय प्रिन्सिपल महेश्वर पराजुलीले सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा जोडिन पाउनु खुसीको कुरा भएको प्रतिक्रिया दिएका छन् । विद्यालय खेलकुदको माध्ययमबाट विधार्थीहरुमा शारिरीक एवं मानसिक विकास गर्ने कुरामा कटिबद्ध रहेको र सोही अनुरुप विभिन्न खेल गतिविधि समेत गर्दै आइरहेको सुनाए ।

पराजुलीले म्याराथनको सफलताको शुभकामना दिदैँ विधालयको तर्फबाट गर्न सक्ने सहयोग गर्नेसमेत बताए ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले तयारीलाई तिब्रता दिएको बताएका छन् । उनले पोखराको मात्र नभई देशकै ठूलो इभेन्टको रुपमा रहँदै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विद्यालयहरुललाई समेत जोड्ने योजनाअनुरुप आफुलाइ विद्यालय स्तरमा पुगिरहेको जानकारी दिए ।