जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा होटलबाट लागु औषध सहित ३ जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् ।

प्रहरीले  पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वी चोकको डाँफे मुनाल होटलबाट ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको हो ।

झापा धुलाबारी न.पा. वडा १० बस्ने वर्ष ३० को सबिन अलि, जिल्ला सङ्खुवासभा खाँतबारी नं.पा. वडा नं.०१ बस्ने वर्ष १९ को सन्दीप अधिकारी र जिल्ला धादिङ रोराङ गा.पा. वडा नं.०२ बस्ने वर्ष २५ को सबिन घलेललाई प्रहरीले नियन्त्रणमा लिएको हो  ।

उनीहरूको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको पदार्थ ३ ग्राम ५०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।

निजहरूलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिनको  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ  ।