जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको मणिपाल अस्पतालबाट नदिपुर तर्फ आउने झोलुङ्गे पुलबाट एक युवक बेपत्ता

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको मणिपाल अस्पतालबाट नदिपुर तर्फ आउने झोलुङ्गे पुलबाट एक युवक बेपत्ता भएका छ्न ।

बेपत्ता हुनेमा तनहुँ जिल्ला स्थायी घर भइ हाल पोखरा महानगरपालिका बस्ने १९ बर्षका सङ्गम मिश्र रहेका छन ।

हाल लामाचौर बस्दै आएका मिश्र ज्वरो आएपछि उपचारका लागि मणिपाल अस्पताल गएका थिए ’, अस्पतालमा उपचार गराइराखेका मिश्रका बुवा  औषधी किन्न गएको समयमा अस्पतालबाट हराएका हुन् ।’

इमजेन्सी वार्डमा उपचार गराइराखेका संगम आफ्नो बुवा हरि प्रसाद मिश्र औषधी लिन गएको समयमा अस्पतालबाट हराएको सूचना आएको बताए ।

उनी हराएको भनी सूचना पाउने बित्तिकै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोलि परिचालन गरिएको छ ।

झोलुङ्गे पूलको बीचमा उनले लगाएको कपडा र आइडी कार्ड भने फेला परेको छ ।

उक्त स्थानमा पोखरा १६ स्थित रहेको ड्याम खोली खोजतलास गरिएको हुँदा उक्त समयमा सेती नदिको बाहफ बढ्न सक्ने हुँदा नदि वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भइ कार्य गर्नुहुन र नदिको किनारमा ननुहाउन र सुरक्षा सर्तकता अपाउनु हुन प्रहरीले जानकारी अनुरोध गरेको छ ।

कास्की प्रहरीको सूचना