जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका सडक खाल्डाखुल्डी स्थानीय निकाय मौन , परिवर्तनका लागि हामी अभियान मार्फत जुर्मराउदै युवा

जन्मभुमि खबर ,
पोखरा ।

पोखराका सडक पाइलैपिपिच्छे ज्यानै जोखिममा पर्ने खाल्डाखुल्डी हुँदा पनि स्थानिय निकाय मौन हुँदा पोखरामा
परिवर्तनका लागि हामी अभियान नेपालले लामो समय जिर्ण भइ शहिदचोक मालपोत सडकखण्ड समयमै निर्माण गर्न गराउनका लागि विभिन्न सरकारि कार्यालय प्रमुख लाई ध्यानकर्षण पत्र बुझाएको छ।

पोखरा ७ अन्तर्गत पर्ने सो सडक बर्षौदेखि फुटपाथ नालि ढल विहिन रहेको सडकमा खाल्डाखुल्डी परेकै कारण पटक पटक सवारी दुर्घटना हुनु का साथै सरकारि सेवा लिन जाने आम नागरिकलाइ असहज भएको कतिपय सरकारि कर्मचारि साथै सर्वसाधारण जनता दुर्घटनाको शिकार हुनु परेको गुनासो आउन थालेपछि परिवर्तनका लागि हामि अभियान नेपालले आज प्रदेश प्रमुख कार्यालय जिल्ला प्रशासन कार्यालय जिल्ला समन्वयन कार्यालय स्वास्थ्य तथा सामाजिक कल्याण मन्त्रालय खानेपानी तथा ढल निकास परियोजना कार्यालय मालपोत कार्यालय कास्की र नापि कार्यालय कास्कीललाइ राजधानिको पनि राजधानि जस्तो यतिका धेरै जिम्मेवार सरकारि कार्यालय भएर पनि सडक बनाउन कहि कतै पहल नभएपछि सम्वन्धित सडक निर्माण गर्ने निकायलाइ नैतिक दवाव दिनका लागि ठोस कदम चाल्न सबै कार्यालय प्रमुख समक्ष अनुरोध सहित ध्यानाकर्षण पत्र बुझाइएको अभियान संयोजक नविन श्रेष्ठले वताए ।

परिवर्तनका लागि हामि अभियान नेपालका सरक्षक तथा सल्लाहकार शिवराज बस्ताकोटि शिवदाइ को पहलमा आरम्भ गरिएको ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा परिवर्तन नेपाल अभियानका पदाधिकारी साथै मालपोत लेखापढि तथा कानुन व्यवशायि समिति एवान ग्रेटर नेपाल ट्याक्सी कम्पनि प्रालि प्रतिनिधि साथै वडा नम्वर ६ टोल विकास प्रतिनिधि वडा नम्वर ७ का युवा हरुको समेत उपस्थिति रहेको थियो ।

अभियानले जिर्ण सडक निर्माणका लागि सम्वन्धित निकाय साथै सडकसग सरोकार रहने सरकारी  निकायलाइ समेत सामाजिक सञ्जालको प्रयोग गर्दै एकसात पहिला सहिद चोक बाट मालपोत सडकखण्डमा नैतिक तथा सृजनात्मक दवाव दिने उदेस्य सहित फेसवुक लाइभ सङ्कल्प यात्रा गरेको थियो । अभियानका सयोजक नविन श्रेष्ठका अनुसार छिट्टै नै वडा नम्बर ७ अध्यक्ष साथै महानगर प्रमुख मेयर धनराज आचार्यलाई छिटोभन्दा सडक निर्माणका लागि अगाडि बढ्न अनुरोध गर्नुका साथै ध्यानाकर्षण पत्र बुझाउने जनाए ।

यदि कुनै सुनुवाइ नभएमा वा वेवास्ता गरेमा नैतिक दवाव सृजना गर्नका लागि आगामि दिनमा फरक ढङ्गबाट साङ्केतिक विरोध का कार्यक्रम अगाडि बढाउने अभियान सरक्षक तथा सल्लाहकार शिवराज बस्ताकोटि शिवदाइले जानकारी गराए ।