जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका विभिन्न स्थानबाट चार पुरुष र एक महिला गरी ५ जना लागु औषध सहित पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखराका विभिन्न स्थानबाट लागु औषध
सहित ५ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा चितवन रत्ननगर वडा नम्बर ९ स्थाइ घर भइ हाल पोखरा महानगरपालिका वडा नम्बर ६ बस्ने २७ बर्षका सन्दिप श्रेष्ठ र पोखरा १७ ड्यामसाइड बस्ने २१ बर्षका विजन सापकोटा रहेका छन ।

श्रेष्ठको कोठाबाट १ किलो लागुऔषध गाँजाको धुलो जस्तो पोल्यान र सापकोटाको साथबाट ८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ ।

यसैगरी शनिबार अन्दाजी बेलुका ८:३० बजेको समयमा वडा प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नम्बर १० रंगशाला गेट अगाडि रहेको खाजा घरमा लागू औषधको कारोबार भइरहेको भन्ने सुचनाको आधारमा खानतलासी गर्दा लागुऔषध गाँजा जस्तो देखिने पदार्थ १ किलो २८० ग्राम र नगद रु सतासी हजार चार सय पैतिस रुपैयाँ सहित खाजा घर संचालक ४९ वर्षकी देविमाया गुरुङ पक्राउ परेकी छन ।

शनिबार नै वडा प्रहरी कार्यालय गगनगौडा खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नम्बर ३० पावरहाउस चोकमा सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउदै गरेको सवार वडा नम्बर ८ बगालेटोल बस्ने २३ बर्षका राजन कुँवर र वडा नम्बर ९ न्युरोड बस्ने ३३ बर्षका बिष्णु कुँवर रहेका छन ।

उनीहरुको साथबाट लागुऔषध डाईजापाम ४० एम्पुल , फेनारगन ४० एम्पुल र नुर्फिन ४० एम्पुल गरी जम्मा १२० एम्पुल लागुऔषध बरामद गरिएको छ ।

पक्राउ परेका पाचैँ जनालाइ कास्की जिल्ला
अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।