जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा सृजनाचोक मा रहेको दोहोरी साँझमा आगलागी

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर ८ सृजनाचोक मा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ ।

कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले संचालन गरेको सो दोहोरी साँझमा आज बिहान करिब ६ बजे विद्युत तार सर्ट भएर आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागी बिहान करिब सवा ७ बजे नियन्त्रणमा आएको थियो ।

प्रहरी निरीक्षक नेत्रबहादुर कुंवरको नेतृत्वमा खटिएको टोलीले दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ५० हजार रुपैयाँ नगद, एसीहरु, कम्प्युटर, सीसी क्यामेरा, साउण्ड सिस्टम, फ्रिज, ग्यास गिजर, टिभि, सोफा लगायतका सामानहरू जलेर नष्ट भएका छन् ।

करिब ६० लाख रुपैंया बराबरको क्षति भएको पनि प्रहरीले बताएको छ ।