जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

परिवर्तन युवा क्लब द्दारा आयोजित अन्तर विद्यालय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर २२ मा रहेको परिवर्तन युवा क्लब द्दारा आयोजित अन्तर विद्यालय हाजिरिजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । विद्यार्थीहरु बिच प्रतिस्पर्धाको भावना ,सकारात्मक परिवर्तनको चाहना भन्ने नारा सहित राखिएको उक्त कार्यक्रम पोखरा २२ का ८ विद्यालय सहभागी भएका थिए ।

उक्त कार्यक्रममा शुक्रराज मा.वि. ले ७१ अंकका साथ प्रथम स्थान हासिल गर्यो भने ६९ अंकका साथ ओख्लेडाडा भुम्दिकोट मा.वि. ले द्वितीय स्थान हासिल गर्यो त्यसैगरी ५९ अंक सहित लिला आधारभूत विद्यालयले तृतीय स्थान हासिल गर्यो भने ५८ अंक सहित लक्ष्मी आधारभूत विद्यालयले सान्त्वनामा चित्त बुझायो ।

समाजसेवी एवं जेष्ठ नागरिक शोभाखर बरालको प्रमुख आतिथ्यतामा र विवेक बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव एवं सो कार्यक्रमको संयोजक सुदिप बरालले गरेका थिए । यस्ता कार्यक्रमहरुले विद्यार्थीहरु भित्र लुकेका प्रतिभा प्रस्फुटन हुन सघाउने पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले बताए ।

प्रथम,द्वितीय ,तृतीय र सान्त्वना हुने विद्यालयहरुलाई क्रमश ४५००,३०००,१५००,१००० नगद प्रमाणपत्र ,शब्दकोष र मायाको चिनो द्दारा पुरस्कृत गरिएको र सहभागी विद्यालयहरुलाई मायाको चिनो प्रदान गरिएको क्लबका सदस्य गणेश बरालले जानकारी दिए ।