जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानि ले राजीनामा दिएका छन् ।

मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर कार्यकारी निर्देशक थानीले राजीनामा बुझाएका हुन् ।

कार्यकारी निर्देशक थानीले बुधबार (२७ मंसिर) बाट लागू हुने गरी राजीनामा दिएको उद्योगमन्त्री रमेश रिजालले  जानकारी दिए ।

कार्यकारी निर्देशक थानीले व्यक्तिगत कारण देखाउँदै राजीनामा बुझाएको मन्त्री रिजालले बताए । मन्त्री रिजालका अनुसार कार्यकारी निर्देशक थानीको राजीनामा बुधबार नै स्वीकृत हुनेछ ।

थानी २६ फागुन २०७८ मा आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।