जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

करिब ७ महिनापछि पुर्वगृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त

जन्मभुमि खबर ,
पोखरा ।

पुर्वगृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएका छन् । नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको अभियोग लागेका खाँण करिब ७ महिनापछि शुक्रबार थुनामुक्त भएका हुन् ।

यसअघि उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाको उक्त आदेशलाई चुनौती दिँदै खाँणलगायत उच्च अदालत पाटन पुगेका थिए । सुरुमा खाँणलाई धरौटीमा रिहा गर्ने/नगर्ने भन्ने विषयमा न्यायाधीशको राय बाझिएपछि उनको मुद्दा तेस्रो न्यायाधीशसमक्ष पुगेको थियो । त्यसमा ३० लाख धरौटी लिएर रिहा गर्ने आदेश भएकोमा खाँणले उक्त धरौटी बुझाएका थिए ।

अदालतले मागेको धरौटी बुझाएका खाँणलाई सम्पत्ति सुद्धीकरण विभाग लगिएको थियो । सम्पत्ति सुद्धीकरण विभागले उनीसँग १५ लाख धरौटी माग गरेको थियो । त्यसपछि खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुर्‍याइएपछि उनी थुनामुक्त भएका हुन् ।