जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

‘कमेडी च्याम्पियन सिजन–३’ मंसिर २५ देखि प्रसारण हुँदै

जन्मभुमि खबर ,
पोखरा ।

स्ट्यान्डअप कमेडीको रियालिटी शोज ‘कमेडी च्याम्पियन सिजन–३’ यही महिनाको अन्तिमबाट प्रसारण हुने भएको छ । शोज प्रसारणको अन्तिम तयारी भइरहेको निर्देशक विशाल भण्डारीले जानकारी दिए ।

असोज महिनाबाटै शोज प्रसारण गर्ने भनिए पनि केही ढिलो भएको उनले बताए ।

“शोज प्रसारणको अन्तिम तयारी भइरहेको छ । यही मंसिरको २५ गतेबाट प्रशारण गर्ने तयारी छ,” निर्देशक विशाल भन्छन्, “यदि यो मितिमा प्राविधिक कारणले प्रसारण सम्भव भएन भने पुस २ गतेबाट प्रसारणमा आउनेछ ।”

फिजिकल अडिसनमा गत वर्षजस्तै २४ जनाको प्रस्तुति प्रसारण गर्ने सम्भावना रहेको उनको भनाइ छ । “कति जनाको प्रस्तुति फिजिकल अडिसनमा देखाउने त्यो छलफल भइरहेको छ । गतवर्ष डिजिटल अडिसनबाट आएकामध्ये २४ जना फिजिकल अडिसनमा छनोट भएका थिए । यो वर्ष पनि करिब त्यस्तै संख्या होला,” उनले भने ।