जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अपडेट : तनहुँका संगम सेती नदीमा मृत अबस्थामा फेला

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा आफ्ना बाबु सङ उपचारका लागि पुगेका आज बिहिबार दिउँसो मृत अवस्थामा भेटिएका छन ।

‘युवकको शव साढे ३ बजेतिरको समयमा पोखरा ३ नदिपुर स्थित  निर सेती नदीको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा भेटिएको छ । अहिले मिश्रको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको साथै थप अनुसन्धान अगाडी बढाइएको काम भइरहेको छ,’ डिएसपी विकले भने ।

नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा तीन दिनसम्म फेला नपरेपछि कास्की प्रहरीले आज मध्यान्ह १२ बजेदेखि सेती नदी बाँध खोलेर खोजी सुरु गरेको थियो । बाँध खोलिएको प्रहरीले जनाएको छ ।

तनहुँ घर भई लामाचौर बस्दै आएका १९ वर्षीय संगम मंसिर २५ गते बेलुकी साढे ६ बजेबाट बेपत्ता भएका थिए । सँगै अस्पताल आएका उनका बुवा औषधि लिन गएको बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएका थिए ।

सम्बन्धित समाचारः

तनहुँका बेपत्ता युवक खोज्न सेती बाँध खोलियो, साँझसम्म सतर्कता अपनाउन आग्रह

 

पोखराको मणिपाल अस्पतालबाट नदिपुर तर्फ आउने झोलुङ्गे पुलबाट एक युवक बेपत्ता