जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुर्यदर्शन सहकारी ठगी प्रकरण : उपाध्यक्ष दर्लामी पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा केन्द्रीय कार्यालय रहेको सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलासकुमार दर्लामी पक्राउ परेका छन् ।

दर्लामीलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।

उनलाइ कास्की ल्याउने तयारी भैरहेको छ । उनीसहित अध्यक्ष गितेन्द्रबाबु राई र थप १९ जनाविरुद्ध कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएपछि फरार रहेका दर्लामीलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । ‘पक्राउ परिसक्नुभएको छ । काठमाडौँबाट पोखरा ल्याउन कास्की प्रहरी टोली गैरहेको छ,’ उनले भने, ‘उताबाट काठमाडौँको टोलीले हिँडाइसकेको छ । कास्की प्रहरीले बीच बाटोमा भेटेर पोखरा ल्याउँछ ।’

पोखरा ल्याएपछि थप प्रक्रिया अघि बढाइने थापाले बताए । सहकारीका कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन् ।