जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनचाँदीको मूल्य बढ्यो 

जन्मभुमि खबर ,
पोखरा ।

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ६०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

संघका अनुसार चाँदी आज एक हजार ४८५ रुपैयाँमा करोबार भइरहेको छ ।