जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनचाँदीको मूल्य घट्यो

जन्मभुमि खबर ,

पोखरा ।

साताको चौथो दिन सुनचाँदीको मूल्य घटेको छ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घट्दा चाँदीको मूल्य १० रुपैयाँले ओरालो लागेको हो।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार कायम हुँदा तेजाबी सुनको मूल्य १ लाख १५ हजार ४५० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य तोलाको १ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।