जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य घट्यो

जन्मभुमि खबर ,
खबर ।

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको हो ।

यसअघि छापावाल सुन आइतबार १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १४१० रुपैयाँमा कारोबार भएको हो ।