जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सहकारी ठगी प्रकरण : मित्र मिलनका थप दुई जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको नयाँ बजारमा कार्यालय रहेको मित्र मिलन सहकारीका फरार भनीएका थप २ जना प्रहरीले पक्राउ गरेको छ ।

संचालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहाकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार सहकारी ठगी कसुरका प्रतिवादी जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ रामघाट बस्ने वर्ष ३५ को गोपाल खनाल र जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ विरौटा बस्ने वर्ष ४३ को बुद्धिसागर पौडेललाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

हालसम्म सो कसुरमा ५ जना नियन्त्रणमा रहेका छन् ।

सहकारीका सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरुका साथै पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी, नेकपा एमाले कास्कीका जिल्ला सदस्य, वडा नं. २१ का ईञ्चार्ज, ताण्डव न्यूज डटकमका प्रधान सम्पादक एवं सञ्चालक अर्जुन गिरी, सहकारी एवं प्रेस युनियन कास्कीका उपाध्यक्ष विजय लम्साल, सहकारीका कानुनी सल्लाहकार एवम् नेकपा एमालेको भातृ संगठन प्रगतिशील पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) कास्कीका अध्यक्ष अधिवक्ता जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी भएको थियो । उनीहरु अझै फरार छन् ।