जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

समाज देखि रास्ट्र र अन्तरास्ट्रिय स्तरका ट्रोजन हर्स हुन्छन;

एनसेल( Ncell )नेपालको लागि ट्रोजन हर्स साबित भयो।
नेपालको राजनितिक प्रभाबलाइ किनेर नाफा कमाउने उदेस्यबाट नेपाल भित्रिएको यो प्रोजेक्ट्को उदेस्य पुरा हुनुलाइ “ट्रोजन हर्स “को रुपमा लिन सकिन्छ।नेपालको कानुनलाइ राजनितिक प्रभबमा अन्देखा गरेर अहिलेको यो सारा प्रोपोगान्डा गराउने बाताबरण ठुला दलका ठुला नेताहरुले पैसाको लोभमा परेर गरेको प्रमाण सर्बोच्च अदालतले गरेको निर्णयलाइ लिन सकिन्छ । नेतको प्रभाब बाट कानुनलाइ मिचेर नेपालि जनताको आखामा छारो हालेको बिसयले एनसेलको ट्रोजन हर्स( राजनितिक प्रभाबलाइ किनेर राज्य ठग्ने कलुसित यानिकि गलत मनसाय ) सफल भएको छ।
MCC पनि अमेरिकाले नेपालमा प्रयोग गर्न ल्याइएको नया ट्रोजन हर्स हो।

धेरै बर्स पहिलाको कुरा हो युनानिहरु १० बर्स सम्म युद्दको घेराबन्दिमा परे पछि त्यो घेराबन्दि बाट मुक्त भै बिजय प्राप्त गर्न काठै काठबाट बनेको ठुलो घोडा बानाएर यो घोडा हामिलाइ उपहार मिलेको घोडा ( गिफ्ट हर्स) हो भन्ने प्रचार गरियो। तर त्यो घोडा कसैले दिएको उपहार थिएन मात्र एक सडयन्त्रको जालो थियो। त्यहि ठुलो काठको घोडा भित्र ३० जना लडाकु सैनिक लुकाइ राखेर ट्रप सहर भित्राइएको र त्यहि राति युद्द गरि सहरमा बिजय प्राप्त गरिएको थियो।
नेपालिमा एउटा उखान छ नि हात्तिका देखाउने दात ।ट्रोजन हर्स भनेको पनि त्यस्तै हो । ट्रोजन हर्स बनेर नेपालमा अन्तर्राष्ट्रिय लगानि आउछन ।नेपालको कानुन भित्र छिराएर काम गर्न नसक्नाले अन्त्यमा ट्रोजन हर्स बनेर बाहिरिन्छन।
सन्सारका ५०० भन्दा बडि बहुरास्टृय कम्पनि मध्ये ३५० भन्दा बडि कम्पनिहरुले चिन मा काम गर्छन।चिनिया कानुन मानेर नै चिन्लाइ पनि नाफा ति कम्पनिलाइ पनि नाफा भएको छ। पुजिबादि देसमा खोलिएका कम्पनिहरु एकाधिकारबादि भनेर बिस्वोमा चिनिएको चिनमा गएर काम गरेकै छन।नाफा ल्याएकै छन।तर हाम्रो देसमा किन त्यसो हुन सकेन ।प्रस्न यहा छ ।

समाजमा देखिने साना ट्रोजन हर्स ,देसमा देखिने र अन्तरास्ट्रिय स्तरमा देखिने ट्रोजन हर्सको एजेन्डा, लक्ष, उदेस्य र कार्यक्रम अलग अलग हुन्छन। यस्ता ट्रोजन हर्सहरु अल्पकालिन ,मध्य कालिन र दिघ कालिन योजनाहरु लिएर प्रयोगमा आउछन ।
यसै सन्धर्भमा समाजमा देखिएको एउटा घटनालाइ एक उदाहरणको रुपमा प्रस्तुत गर्न चाहन्छु।
पोखरा मनपा वार्ड न २१ को निर्मल पोखरिको मैदान कोट कालिकाको मन्दिर धेरै समय देखि प्रचारमा आएको सास्कृतिक र धार्मिक स्थल हो। त्यो मन्दिर पुरानो भएकोले जिर्ण भयो। अब नया मन्दिर बनाउन पर्यो।मन्दिरको नाममा भएको जग्गा पनि संरक्षण गर्न पर्यो भन्ने बिसयमा केहि बर्स देखि त्यहाको समुदायहरुका बिच छलफल चलिरहेको थियो। यसै बखतमा उक्त मन्दिरलाइ जग्गा दान दिने मानिसका छोराले( नाम अहिले गोप्य ) तत सम्बन्धमा आबस्यक ब्यबस्था मिलाउने भनेर आफ्नो प्रतिनिधि स्वोरुप उन्कै नजिकको दाजुभाइ पर्नेलाइ त्यो ठाउमा बस्ने र आबस्यक बाताबरण बनएर मन्दिर बनाउने र जग्गा संरक्षण गर्ने भनि खटाए। निजले खटाएको मानिस आएर गाउमा बस्न थाले ।

निज सामाजिक काममा सकृय सहभागि पनि भए ।पहिला गाउ छोडेर गएका मानिस पुन :गाउलाइ नै माया मानि गाउ फर्केर समाज सेवामा लागे भनेर सम्बन्धित सबै खुसि नै थिए। निज सग पैसा पनि नभएको , खान पनि समस्या परेकोले निजलाइ गाउलेहरुले आदर पुर्बक सम्मान गरि आफु सक्ने सहयोग गर्न पनि सुरु गरे। …. कालान्तरमा त त्यो मानिसले जग्गा किन्ने बिसयलाइ लिएर मानिसहरु सग भेटघाट बडाउन थाल्यो । सेवा गर्न आएको मानिस , मन्दिर बनाउन आएको मानिस ,मन्दिरको जग्गा संरक्षण गर्न आएको मानिसको रुपमा चिनिएको मानिस त हुदा हुदा दलालको रुपमा देखा पर्यो। मन्दिर बनाउने र मन्दिरका नाममा भएको जग्गा संरक्षण गर्न आएको मानिस त बिस्तारै दले दाइको रुपमा चिनिन थाल्यो।
गरिब मानिसलाइ फकाएर अनेक जालझेल गरि जग्गा खरिद गर्ने ,आफुलाइ खटन पटन गरेर गाउ पठाएका मालिकलाइ उक्त जग्गा पास गर्दिने गर्न थाल्यो।गाउलेहरु अचम्ममा पर्दै गए ।जिर्ण मन्दिर जस्ताको त्यस्तै छ ।मन्दिरको नामको जग्गा खोजि छैन तर उस्ले २० सौ रोपनि जग्गा खरिद गरेर मालिकलाइ ब्यबस्था गरिनै रह्यो। एक्दिन एस्तो भएछ कि एउट जग्गाबाला इन्डियामा बस्ने रहेछन ।गाउमा उन्का दाजुभाइ मात्र रहेछन ।जग्गा खरिद गर्न लाग्दा उक्त जग्गा सगोलमा रहेछ।समाजसेबिको भेसमा आएको दलाल र अर्को दलाल ( दुबैको नाम गोप्य ) मिलेर इन्डिया बस्ने भाइलाइ मरेको बनएर जग्गा खरिद गराएछन। पछि उक्त बिसय एक कान दोकान हुदै जादा सबैले थाहा पाएर गाउका केहि युवाहरुले निज इन्डियामा भएका जिम्दा मानिसलाइ बोलाएर मुद्दा हाल्न लगाएछ्न।मुद्दा चल्दै जादा मरेको भन्ने मानिस जो नेपालमा ल्याएर म जिबितै छु मलाइ मरेको बनाएर मेरा सगोलको जग्गा राजिनामा पास गरिएछ भनेर अदालतमा मुद्दा हाल्न लगाइयो।यसै क्रममा घट्नाले लहरो तान्दा पहरो घर्कने भएकोले निज लाइ केहि पैसाको प्रलोभन देखाए मुद्दा फिर्ता लिन लाएर पुन इन्डिया नै पठाइयो र जिम्दो मानिसलाइ मरेको भनेर जग्गा पास गरेको लाइ बैधता दिइ छाडियो।त्यस्पछि त्यो समाजसेबि पछि गएर दलाल भनेर चिनिएकोलाइ गाउलेहरुके गाउमा बस्न नदिएर रातारात भागेर कता गयो कता ।जिर्ण मन्दिर पोखरा मनपा वार्ड न २१ को वार्ड स्तरिय बजेटले निर्माण भयो ।मन्दिर ब्यबस्थापन समितिले मन्दिरका नाममा भएको जग्गाको पनि ब्यबस्थापन गर्यो। रास्टृय र अन्तर्राष्ट्रिय रुपमा मात्र ट्रोजन हर्स को प्रयोग गरिदैन।सानो समाजमा पनि आफ्नो स्वार्थ पुरा गर्न ट्रोजन हर्स को प्रयोग गरिन्छ भन्ने उदाहरण पोमनपा को निर्मल पोखरिको मैदान कोट कालिका मन्दिर लाइ लिन सकिन्छ । अझै अर्को एक जता भेस धारण गरेर ट्रोजन हर्स पोमनपा वार्ड न २१ मै छ।त्यो कहिले भाग्ने हो भबिस्यले नै देखाउला। समाज देखि रास्ट्र र अन्तरास्ट्रिय स्तरका ट्रोजन हर्स हुन्छन। आ- आफ्नो स्थानबाट छिटै नै बुझ्न, चिन्न र जान्न नसके क्षेति पुर्याएर कुलेलाम ठोक्नेछन।