जन्मभुमि खबर ,
पोखरा ।
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ सहित ३ वटा सरकारी निवासमा विद्युत् लाइन काटिएको छ । भौतिक पूर्वाधार मन्त्री रेशम जुग्जाली र आन्तरिक मामिला मन्त्रालयको नाममा रहेको निवासको विद्युत् काटिएको छ ।
विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार विद्युत् महसुल समयमा नबुझाएपछि कार्यालयको विद्युत् लाइन काटिएको हो । तीन वटै निवासले २ लाख ५६ हजार भन्दा बढी रकम तिर्न बाँकी छ ।
प्रदेश प्रमुख निवासको ८६ हजार, आन्तरिक मामिला मन्त्रालयको निवासले ७७ हजार तथा भौतिक पूर्वाधार मन्त्रालयको निवासले ९१ हजार रुपैयाँ महसुल तिर्न बाँकी छ । बक्यौता तिरेपछि पुनः लाइन जोडिने केन्द्रले जनाएको छ ।