जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लेखनाथ महोत्सवको गेटमा बस दुर्घटना, फुटपाथ व्यापारीको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसको ठक्करले एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन ।

मृत्यु हुनेमा महोत्सवको गेट बाहिर फुटपाथमा व्यापार गर्न आएकी भारत घर भएकी इस्श्रावती कुमारी रहेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

बागलुङबाट पोखरा हुँदै भैरहवा तर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस बिहान ८ः५५ बजेको समयमा ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोकिँदा फुटपाथमा गमला, बाटाको व्यापार गर्ने इस्श्रावती कुमारीसहित ३ जना घाइते भएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

गम्भिर घाइते इस्श्रावतीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचारको लागि लगिएकोमा १०ः३८ बजे मृत घोषणा गरेको हो ।

दुर्घटनामा परी तनहुँ म्याग्दे ८ का ३६ वर्षीय रामजी गन्धर्भ र पर्सा जिला दिप १ की ४६ वर्षीया चिजमायाँ गन्धर्व घाइते भएका छन् ।

उनीहरुको खुट्टामा चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता विकले जानकारी दिए । उनका अनुसार उनीहरुको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको छ ।

बस अनियन्त्रित भएर महोत्सव स्थल नजिकै फुटपाथमा व्यापार गरिरहेका व्यापारीलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

बस र चालक इलाका प्रहरी कार्यालय शिशुवाको नियन्त्रणमा रहेका छन ।