जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रुकुम हत्याकाण्ड : थुनामा रहेका एक नाबालकसहित २४ जनालाई जन्मकैदको फैसला

जन्मभुमि खबर ,
पोखरा ।

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको फैसला आएको छ ।

जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना नाबालकसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।

हत्या गरिएका नवराज बिककी प्रेमिका, उनकी आमा र दाजुलाई भने जातीय छुवाछुतमा दुई वर्ष कैदको फैसला भएको अदालतकी स्रेस्तेदार मन्दिरा शाहीले जानकारी दिइन् ।

आइतबारदेखि जारी अन्तिम सुनुवाइ आज (मंगलबार) सकिएपछि यस्तो फैसला आएको उक्त मुद्दामा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए ।