जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राष्टपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

जन्मभुमि खबर ,
पोखरा ।

माछापुच्छ्रे गाउँपालिका शिक्षा युवा तथा खुलकुद शाखाद्धारा आयोजित पाचौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्र मा.वि लाहाचोकले हात पारेको छ ।
महेन्द्रको निरन्तर पाचौं पटकको जित हौ ।

महेन्द्रले ११ स्वर्ण ५ रजत र २ कास्य सहित १८ पदक प्राप्त गर्दै प्रथम भएको छ । निश्पक्ष मा.विले ७ स्वर्ण ६ रजत ३ कास्य गरि १६ पदक साथ द्धितिय भयो । उदय मा.वि ४ स्वर्ण,४ रजत र ४ कास्य गरि १२ पदकमा चित्त वुझाउदै तृतीय भयो ।

प्रथमले नगद रु १५ हजार ,द्धितियले नगद रु १० हजार र तृतीयले नगद रु ७ हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिन ब. गुरुङले शिक्षा संगै खेलकुदलाई पनि प्रथामिकतामा राख्नु पर्नेमा जोड दिए ।

साथै विद्यार्थी शिक्षा संगै खेलकुद बृद्धि विकासका लागि सधै पालिका साथमा रहेको उल्लेख गरे ।

वडा न.४ का अध्यक्ष मदुसुदन अधिकारीले विगतझै जिल्ला,प्रदेश देखि केन्द्र सम्म स्थान बनाउदै खेलको माध्यम बाट माछापुच्छ्रे गाउँपालिकालाई चिनाउन आग्रह गरे ।

माछापुच्छे गाउँपालिका शिाक्षा शाखा प्रमुख एवं खेल व्यवास्थापन उपसमिति संयोजक सम्झना पोरखेलले खेल भव्य र सौहार्दपुर्ण रुपमा सम्पन्न भएको भन्दै सहभागि , विद्यालय ,विद्यार्थी साथै विभिन्न भुमिकामा रहनुहुने सम्पुर्ण माहनुभाहरुमा धन्यवाद व्यक्त गरे ।

महेन्द्र मा.विको खेल मैदानमा ३० खेलका साथ सम्पन्न प्रतियोगितामा माध्यमिक बिद्यालयका कुल ३ सय ८३ विद्यार्थीले भाग लिएको शिक्षा शाखा सहायक विष्णु प्रसाद अधिकारीले बताए ।

गाउँपालिका सामाजित विकास समिति संयोजक हरी ब. क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महेन्द्र मा.विका प्रधानध्यापक जगनाथ अधिकारीले गरेका थिए ।