जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

यातायातमन्त्री ज्वालाकाे गाडीमा आगजनी

जन्मभुमि खबर ,
पोखरा ।

ललितपुरकाे बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रयाेग गर्ने गाडीमा आगजनी भएकाे छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूकाे समूहले मन्त्री ज्वालाले प्रयाेग गर्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेकाे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

मन्त्री ज्वाला र उनका पीएसओलाई बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएको बताइए पनि प्रवक्ता कडायतले मन्त्री सिंहदरबारमै रहेकाे बताए ।

अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।