जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भारतीय टेलिश्रृंखला ‘सीआइडी’ का ‘फ्रेडरिक’ को निधन

जन्मभुमि खवर,
पोखरा ।

चर्चित भारतीय टेलिश्रृंखला ‘सीआइडी’ कलाकार दिनेश फड्निसको निधन भएको छ । उनी कलेजोको समस्याबाट पीडित थिए ।

मङ्गलवार मध्यरात उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको मुम्बइस्थित तुन्गा अस्पतालमा उपचार भइरहेको थियो । मल्टिपल अर्गान फेलरपछि उनको निधन भएको समाचारमा जनाइएको छ ।

यसअघि दिनेशलाई हृदयाघात भएको समाचारहरू बाहिरिएका थिए । तर, पारिवारिक स्रोतले उनलाई हृदयाघात नभएर कलेजो ड्यामेज भएको बताएका छन् ।

सीआइडीमा ‘दया’ को भूमिका निर्वाह गर्ने दयानन्द सेट्टीले भने, ‘यो हृदयाघात भएर कलेजोको समस्या थियो । समस्या देखिएपछि उनलाई तत्काल अस्पताल पुर्‍याइयो । दुई दिनदेखि निकै गम्भीर अवस्था थियो ।’

दिनेशले सीआइडीमा ‘फर्नान्डिस’ को भूमिका निभाएका थिए ।