जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फागुनभित्रै सरकारी गाडीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने

जन्मभुमि खबर ,
पोखरा ।

कोशीबाहेक अन्य ६ वटै प्रदेशमा दर्ता रहेका सरकारी गाडीमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान गर्न  सर्कुलर जारी भएको छ ।

भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयले सबै मन्त्रालय र नियकाहरूलाई पत्र लेख्दै आफू मातहतका गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनेको हो।

मन्त्रायले पठाएको पत्रमा गत वर्ष नै इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनिए पनि प्रगति न्यून भएको भन्दै समय सीमा नै तोकिएको हो ।

पत्रमा आगामाी फागुन मसान्तसम्म सबै सरकारी गाडीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेज जडान गर्न भनिएको छ ।

देशभरका यातायात व्यवस्था कार्यालयहरू अहिले प्रदेश सरकारमातहत छन्। कोशी प्रदेशले भने इम्बोस्ड नम्बर प्लेट जडानको निर्णय गरेको छैन ।