जन्मभुमि खबर ,
पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध काठसहित बलेरो जिप सहित चालकलाई नियन्त्रणमा लिएको छ ।
पोखरा महानगरपलिका १९ लामाचौरस्थित अकला मन्दिर नजिकै सवारी साधन चेकजाँचको क्रममा पुरुन्चौरतर्फबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ५८०९ नम्बरको बोलेरो जिपलाई नियन्त्रणमा लिइएको हो ।
चेकजाँचको क्रममा चिरुवा काठ फल्याक २८० थान लोड गरी विना कागजपत्र पोखरा ल्याइएको पाइएपछि नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
अवैध काठसहित जिपचालक माछापुच्छ्रे गाउँपालिका गाउँपालिका भुर्जुङखोला का ३१ वर्षीय अनिष विकलाई समेत नियन्त्रणमा लिइएको छ ।
सो विषयमा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय बगर पठाइएको बताइएको छ ।