जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले स्वास्थ्य विकास र समृद्धिको सुचक भएको बताउदै स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन ।
पोखरा महानगरपालिका वडा नम्वर १५ ले आयोजना गरेको स्त्रीरोग परीक्षण सम्वन्धि निशुल्क स्वास्थ्य शिविरको उदघाटन गदै उनले,“ जुन देशका नागरिक स्वस्थ हुन्छ, त्यो देश समृद्धिको दिशामा अगाडी बढछ, त्यसैले स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ ।” उहाँले स्वास्थ्य सबैभन्दा ठुलो सम्पत्ति भएको बताइन ।
एउटा नागरिक स्वस्थ भए परिवार, समाज र देशनै समृद्धिको बाटोमा अगाडी बढछ भन्दै, समयसमयमा स्वास्थ्य जाँच गराउनुपर्नेमा जोड दिइन । विरामी भैसकेपछि मात्रै अस्पताल जाने अवस्था छ, अव त्यस्तो हैन समयसयममा जाँच गर्दा स्वस्थ रहन सहयोग पुग्छ उहाँले भन्नुभयो,“भौतिक विकास मात्रै नभएर मानवीय विकास पनि महत्वपुर्ण हो ।” एउटा घरको ब्यक्ति विरामी हुदाँ परिवारनै अस्तब्यस्त हुने भएकाले स्वास्थ्यलाई ध्यान दिनुपर्ने उपप्रमुख गुरुङले बताइन ।
वडा नम्वर १५ का अध्यक्ष तोरणबहादुर बानियाँले मानवीय विकासमा स्वास्थ्य महत्वपुर्ण रहेको बताउदै नागरिक स्वस्थ भएमात्रै पुर्वाधारको विकास गरेपनि त्यसको महत्व हुदैन उनले भनिन “स्वास्थ्य शिक्षा, कृषिलाई रणनीतिक योजनाका रुपमा अगाडी बढाएका छौ ।” उनले राइट फर चिल्ड्रेनसङ मिलेर स्वास्थ्यसंग सम्वन्धित कार्यक्रम संचालन गर्दै आएको जानकारी समेत उनले दिइन ।