जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा लेकसाईडमा आज आतसवाजि गरिने

जन्मभुमि खबर
पोखरा ।

पोखरामा अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्ने तयारी गरिएको छ । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आज १५ गते राती आतिसबाजीसहित नयाँ वर्ष–२०२४ लाईस्वागत गर्ने तयारी गरिएको आयोजक रेबान पोखराले जनाएको छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) पोखराको आयोजनामा लेकसाइडमा आयोजित २५औं ‘पोखरा सडक महोत्सव’मा नयाँ वर्षको स्वागतार्थ मध्यरातमा आतिसबाजी गर्ने कार्यक्रम रहेको होे रेवान पोखराले विगत २५ बर्ष देखि आयोजना गर्दै आएको पोखरा सडक महोत्सवको अवसरमा आज मध्यरात १२ः०० बजे पछि नयाँ अग्रेंजी बर्ष सुरु हुने भएकोले उक्त अवसरमा आतिसबाजी गर्न लागिएको हो ।

पोखरालाई पर्यटनको राजधानी घोष्णा गर्ने अन्तिम तयारी भई रहदा पोखरामा विगत लामो समय देखि पर्यटन प्रबद्र्धन गर्नका निम्ती महोत्सव हुदै आएको छ । आतिशबाजी हेर्न कास्की सहित छिमेकी जिल्लाबाट समेत दर्शकहरु आउने गरेको बताइएको छ ।

सडक महोत्सवमा आज बरिष्ठ लोकदोहोरी कलाकार प्रजापति पराजुुली ,बद्रीपंगेनी, चर्चित गायिक समिक्षा अधिकारी, लाहुरे र द एलिमेन्ट्सको प्रस्तुति रहने बताइएको छ ।

दिउसोमा रत्यौली गितप्रतियोगिता हुने जनाइएको छ ।