जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिकाका फरक फरक स्थानमा दुइटा शव भेटिएका छन्।
प्रहरीका अनुसार पोखरा–५, मालेपाटनस्थित कुलोमा सोही वडाको पर्स्याङ बस्ने ५५ वर्षीय भीम बहादुर केसी शनिबार मृत अवस्थामा फेला परेका हुन्।
यसैगरी पोखरा महानगरपालिकाकै वडा नम्बर ७, घारीपाटनस्थित सेती नदीको खोँचमा पनि अर्काे शव फेला परेको प्रहरीले जनाएको छ।
शव सडेगलेको भएकाले मानिस चिन्न सकिएको छैन । दुवै घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।