जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महेन्द्रपुलमा घाँटीमा लगाएको सुनको सिक्री चोरी गरेर फरार युवा पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महेन्द्रपुलबाट घाँटीमा लगाई रहेको सुनको सिक्री चोरी गरी फरार भएका एक युवक पक्राउ परेका छन ।

बुधबार राती ११ बजेर ४५ मिनेटमा पोखरा महानगरपालिका वडा नम्बर ९ महेन्द्रपुलबाट वडा नम्बर २७ बस्ने २९ बर्षका हेमन्त पुनको घाँटीमा लगाई रहेको सुनको सिक्री चोरी गरेर फरार रहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की महेन्द्रपुल बिटमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ४ सिद्धार्थ चोक बस्ने २७ बर्षका सुमन परियार रहेका छन ।

उनको साथबाट सुनको सिक्री जस्तो देखिने पहेँलो धातु १ थान सहित निजको हुलिया तथा सिक्री सनाखत गर्दा निजले चोरी गरि फरार भएकोले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

निजलाइ कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।