जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरले बन्द गरिदियो बेगनासतालमा चल्ने मोटरबोट

जन्मभुमि खबर ,
पोखरा ।

जलारी समुदायले विरोध जनाएपछि पोखरा महानगरपालिकाले बेगनासतालमा सञ्चालित मोटरबोट बन्द गरिदिएको छ । शुक्रबार पत्र लखेर तत्कालै बोट बन्द गर्न निर्देशन दिएको हो ।

मोटरवोट सञ्चालन गर्दा अन्य डुंगा व्यवसायमा असर पुर्‍याएको, माछा लगायतका जलचरको प्रजनन तथा विकासमा प्रत्यक्ष असर गरेको गुनासो जलारी समुदायले गरेका थिए । यस्तै, डुङ्गा व्यवसाय गरी जीविकोपार्जन गरिरहेका जलारी जातीको पेसामा प्रभाव पारेको गुनासो गरे ।

उनीहरुले तालमा ध्वनि प्रदूषण भएको तथा बिना अनुमति मोटरबोट सञ्चालन गरेको गुनासो सहित तत्काल बन्द गरिदिन महानगरलाई पत्र बुझाएका थिए । सरोकारवालाले पनि पटक पटक गुनासो गरेकाले मोटरबोट तत्काल बन्द गर्न सञ्चालकलाई निर्देशन दिएको हो ।