जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा पर्स्याङचोकमा कारको ठक्करबाट मृत्यु भएका एक पुरुषको सनाखत हुन सकेन

जन्मभुमि खबर ,
पोखरा ।

सोमबार बेलुका पर्स्याङचोक मा कारले ठक्कर दिएर मृत्यु भएका दुई जना पुरुष मध्ये एक जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनको हुलिया अन्दाजी ३५/४० बर्षका ५.३ फिट कालो रङ्गको कपाल , The North Face लेखेको हरियो ज्याकेट , रातो टिसर्ट ,खैरो हाइनेक र निलो पाइन्ट मृतकले लगाएका थिए ।

उक्त दुर्घटनामा बाग्लुङको ढोरपाटन–६ का २० वर्षीय ढालेन्द्र छन्त्यालको मृत्यु भएको छ , भने कार चालक कास्की माछापुच्छ्रे गाउँपालिका–२ खादरजुङका ३२ वर्षीय भक्तराम गुरुङ अहिले प्रहरी नियन्त्रणमा रहेका छन ।

सम्बन्धित समाचारहरु

पोखरा प्रस्याङमा कारको ठक्करले २ दुइजना पैदल यात्रीको मृत्यु , कार चालक फरार

पोखरा ५ पर्स्याङमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका कार चालक प्रहरीको सम्पर्कमा