जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा नयाँबजारको मित्रमिलन सहकारीविरुद्ध उजुरी दिन कास्की प्रहरीको सूचना

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा ९ नयाँबजारमा अवस्थित मित्रमिलन बचत तथा ॠण सहकारी सस्था विरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार सुचना जारी गरेको छ ।

प्रहरीले मुद्दाको हदम्याद मध्यनजर गर्दै मंसिर २७ गतेसम्म जाहेरी दरखास्त दिन आग्रह गरेको हो ।

मित्रमिलन सहकारीका सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेका र रकम हिनामिना एवं ठगी गरेको विषयमा अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

निक्षेपकर्ताको बचत ठगी आरोपमा पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख श्रवणकुमार विकले जानकारी दिए ।

पोखरा–२१ का वडाध्यक्ष सुवेदीसहित उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्व लेखा सदस्य तथा ताण्डव न्युज पत्रिकाका प्रधान सम्पादक अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी भएको हो ।

अध्यक्ष रमण पौडेल र प्रवन्ध निर्देशक किरण अधिकारी यसअघि नै बैंकिङ कसुरमा पक्राउ परी प्रहरी हिरासतमै छन् । उनीहरु कात्तिक ४ गते पक्राउ परेका थिए ।

निमित्त प्रमुख विकले पक्राउ पुर्जी जारी भएकाहरूको खोजी भइरहेको जानकारी दिए ।

पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम हिनामिना पारेको आरोप छ ।

यो पनि पढ्नुहोस

मित्रमिलन सहकारी प्रकरणः वडाध्यक्ष , पत्रकार सहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी