जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरालाइ पर्यटनको राजधानि बनाउन आबस्यक छ।

धुवा रहित पर्यटन उध्योग,सधै नया ब्यबसाय मानिने पर्यटन उध्योग,सन्सारको लागि मनि प्लान्ट बनेको पर्यटन उध्योगको बारेमा समय समयमा नया नया परिभासा बन्ने भएकोले बिस्व पर्यटन सस्था (WTO) ले पनि यस्को बारेमा एक्किन परिभासा दिन सकेको छैन। बिभिन्न बिध्वानहरुले पनि फरक फरक समयमा फरक फरक तरिकाले पर्यटन र पर्यटकको बारेमा परिभासा दिएका छन। चिया पसले र साग पसले देखि स्टार होटल र ठुला ठुला उध्योग सग जोडिएको यो ब्यबसाय बिस्वका जुन सुकै देसको पनि गरिबि निबारण गर्न कोसे ढुङ्गा साबित भएको छ।पर्यटन ब्यबसाय कहिले सुरु भयो भन्ने एक्किन भएको त छैन तथापि थोमस कुक नै पहिलो पर्यटन ब्यबसायि हुन भनिन्छ।
नेपालमा संघ र प्रदेसको एक एक पर्यटन मन्त्रालय छन ।तिन्को मातहतमा केहि पर्यटन कार्यालयहरु पनि छन। पर्यटन ब्यबसायिहरुका पर्यटन संघ र संगठनहरु पनि छन। नेपाल सरकारले यो ब्यबसायलाइ ब्यबस्थित गर्न पर्यटन ऐन २०३४ , पर्यटन निति २०६५ , घरबास कार्यबिधि २०६७ , प्रदेस घरबास ऐन लगाएत बिभिन्न कानुनहरुको पनि निर्माण गरेको छ।
पोखरा मनपा ले पोखरालाइ पर्यटकको राजधानि बनाउने जुन कन्सेप्ट ल्याएर पर्यटकको राजधानि बनाउने लक्ष्य र उदेस्य सहित बिभिन्न कार्यक्रम ल्याउन अन्तिम तयारि गरेको भन्ने सार्बजनिक सुचना प्राप्त गरेकोले तत सम्बन्धमा यथास्थितिबादि ,सुधारबादि र परिबर्तनकारि नभै रुपान्तरणकारि हुनु पर्छ भन्ने उदेस्य राखेर आफ्ना धारणाहरुलाइ बुदागत रुपमा तपशिल बमोजिम उल्लेख गर्दछु।
पोखरालाइ पर्यटन राजधानि बनाउन आबस्यक पर्ने केहि तत्वहरु:
१.मुजुदा कानुनको अक्षरस पालना गर्नु पर्ने र आबस्यक पर्ने कानुनहरुको निर्मण गर्ने ।
२.पोखरा भित्रीने नाकाहरुमा आन्तरिक र बह्य पर्यटकहरुलाइ मानब निर्मित पर्यटन पुर्बाधार र प्राकृतिक सम्पदाहरुको एक्किन सुचना दिन सुचना केन्द्र सहित टुर गाइडको ब्यबस्था हुनु पर्ने ।
३.स्थानिय कृसि उत्पादन बडाउन कृसकहरुलाइ उन्नत बिउ ,मल , सहुलियत पुर्ण ऋण दिने ब्यबस्था मिलाउनु पर्ने ।
४.टुर गाइड ,ट्रेकिङ्ग गाइड र सिटि गाइटलाइ तालिमको ब्यबस्था गर्नु पर्ने ।
५.हाल भएका होटल र ट्राभल एजेन्सिहरुको कानुनि अनुगमन गर्नु पर्ने।
६.पर्यटकहरुलाइ दिने सेवा , सुबिधालाइ नियमित अनुगमन गर्ने । ( होटल र रेस्टुरेन्टमा खाएको खानाले कुनै पर्यटकको स्वाथ्यमा बाधा परेको प्रमाण भएमा सम्पुर्ण जिम्मासोहि होटल र रेस्टुरेन्टले नै लिनु पर्ने )
७.नया पर्यटकिय गन्तब्य को खोजि गर्नु पर्ने ।
८.हाल भएका पर्यटकिय गन्तब्यहरुलाइ थप ब्यबस्थित गर्नु पर्ने ।
९.स्थल र हवाइ यातायतमा थप सुधार गर्नु पर्ने ।
१०. पोखरामा जोडिएका राजमार्गहरुलाइ ब्यबस्थित गर्नु पर्ने ।
११.थप होटल र रेस्टुरेन्ट खोल्न सहज बाताबरण बनाउनु पर्ने
१२.दर्ता वाला पर्यटन ब्यबसायिहरुले लिएको बैक रिणको ब्याजदर अधिकतम ८ % सम्म गर्नु पर्ने ।
१३.फोहोर ब्यबस्थापन गर्नु पर्ने ।
१४. सडक लाइट ब्यबस्थित गर्नु पर्ने ।
१५.नगर बिकास समितिको मातहतमा रहेका पार्कहरुलाइ ब्यबस्थित गर्नु पर्ने।
१६.पोखरा क्षेतृय अन्तर्राष्ट्रिय बिमानस्थलको अत्यधिक उपयोग गर्न तत्काल अन्तर्राष्ट्रिय सम्बन्ध मिलाउनु पर्ने ।
१७.२४ घन्टे शान्ति सुरक्षा कायम गर्नु पर्ने ।
१८.विद्युत आपूर्तिको ब्यबस्थापन गर्नु पर्ने ।
१९.इन्टरनेट सुबिधालाइ ब्यबस्थित गर्नु पर्ने ।
२०. पर्यटकहरुलाइ बैकिङ्ग सुबिधा दिन २४ घन्टे एटिएम र फोन पे को ब्यबस्थापन गर्नु पर्ने ।
२१.पिउनेपानीको ब्यबस्था गर्नु पर्ने
२२.पर्यटन प्रहरिको ब्यबस्था गर्नु पर्ने ।
२३.ताल सग जोडिएका क्षेत्रहरुलाइ ब्यबस्थित सेटलाइट सिटि र लेक सिटि बनाउनु पर्ने।
२४.फेवाताल र बेगनास ताल जोडेर पर्यटन कोलिडोर बनाउनु पर्ने।
२५.करको दर भन्दा करको दायरा बडाएर पर्यटन ब्यबसायि र अन्य ब्यबसायिहरुलाइ प्रोत्साहन गर्नु पर्ने।
२६ आन्तरिक पर्यटन महोत्सब , मेला र अन्तरास्ट्रिय पर्यटन मार्टमा सहभागि हुन नेपाल पर्यटन बोडले आबस्यक ब्यबस्था गर्नु पर्ने ।
२७. अन्तर्राष्ट्रिय पर्यटकहरु भित्र्याउन बिदेश स्थित नेपालि दुताबासको कार्यालयमा सुचना केन्द्र राख्नु पर्ने ।
२८. बिदेस स्थित नेपालि राजदुतलाइ सम्योजक बनाएर उक्त देसमा भएका अन्य देसका राजदुतहरु , पत्रकार संघ सस्थाका प्रतिनिधिहरु , होटल र ट्राभल एजेन्सिका संघ सस्थाका प्रतिनिधिहरु बोलाएर अन्तरकृया गरि नेपालको पर्यटन गन्तब्य बारेमा आबस्यक जानकारि दिएर प्रचार प्रसार गर्नु पर्ने ।
२९. पर्यटन निति २०६५ अनुसार गाउलाइ पर्यटनको उप केन्द्र बनाउन होम स्टेलाइ प्रार्थमिकता दिनु पर्ने ।
३०.पर्यटक आफ्नो देसमा फर्कदा कोसेलि उपहारको लागि दिने सामानहरुको उत्पादन गर्न साना घरेलु उध्योगहरु खोल्न प्रोत्साहन गर्नु पर्ने
३१.स्थानिय सरकारले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन पर्यटन योजना बनाउन पर्ने आदि।