जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा १७ वर्षे चोर बालक राति पार्किङ गरेको बस देख्यो कि कुदाइहाल्छन …..

जन्मभुमि खबर ,
पोखरा ।

गएको मंसिर २४ गते एक १७ वर्षे बालकले पोखरा पृथ्वीचोक बसपार्क बाट पार्किङ गरिराखेको बस चोरेर लगेको अवस्थामा बससहित भरतपुर नगरपालिका चितवनको आँपटारीमा पक्राउ गरेको थियो ।

उनलाइ उमेर नपुगेकाले जिल्ला अदालत कास्कीले आफन्तको जिम्मा लगाएर छोडेको थियो । त्यही रात ति बालकले चाउथेबाट डिलक्स बस चोरेर चलाएर भागे ।

पोखरा भैरहवा चल्ने बस पार्किङ गरिराखेको बस पोखरा महानगर पालिका वडा नम्बर १४ चाउथे स्थित युनाइटेड अटो इन्जिनियरिङ ग्यारेज को बाहिर बाट शुक्रबार रातको १२ बजे लगेका थिए ।

चालक साजन सुनारका अनुसार बिहान साढे ४ बजे गाडी भएको ठाउँमा पुगेपछि गाडी नदेखेपछि साहुलाइ फोन गरेका थिए ।

उनले चोरी गरेको ग १ ख ९९२८ नम्बरको डिलक्स बस चलाउँदै लगेर तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ७ कुम्लेखोला नजिक बस पार्किङ गरेर त्यहिबाट फेरि अर्को ट्याक्टर चोरेर भाग्दै गरेको अवस्थामा तनहुँको शुक्ला गण्डकी नगरपालिका बेलचौतारा स्थित इलाका प्रहरी चौकीबाट खटिएको टोलिले बिहान ५ बजे बससहित प्रहरीले पक्राउ गरेको थियो ।

उनले यसअघि पनि दमौलीबाट मोटरसाइकल चोरेर हेटौंडा पुर्याएका थिए , वडा प्रहरी कार्यालयमा पनि ऊनि विरुद्ध चोरीको मुद्दा चलेको थियो ।

उनि नाबालक रहेकाले उनको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले ति बालक ईलाका प्रहरी कार्यालय बेलचौतारामा रहेका छन उनी विरुद्ध चोरी तथा डाँका सम्बन्धि मुद्दामा अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

पोखराबाट बस चोरी गरेर चितवन लैजादै गर्दा तनहुँका बालक पक्राउ