जन्मभुमि खबर ,
पोखरा ।
संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीको राजिनामा माग्दै पोखराको पृथ्वी चोकमा आज जुलुस सहित विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरिएको छ ।
मन्त्री किराँतीले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा क्रिश्चियन धर्म नमान्नेलाई देशद्रोहीको संज्ञा दिँदै उनीहरुलाई हतकडी लगाउनुपर्ने बताएका थिए ।
सोहिको विरोधमा आज पोखरामा गर्दै राजिनामाको माग सहित प्रदर्शनी गरिएको हो ।