जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा प्राकृतिक दोहन गर्ने टिप्पर प्रहरी नियन्त्रणमा

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा अबैध रुपमा प्राकृतिक दोहन गर्ने टिप्परलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले ग १ क ५१५५ नं को टिपर र चालक मकवानपुर थाह न.पा. ७ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. २५ हेम्जा बस्ने बर्ष २३ को नवराज गोलेलाई नियन्त्रणमा लिइएको हो ।

बिहिवार पोखरा १९ ढावा पुलमा अन्नपुर्ण संरक्षण क्षेत्रको संरक्षित इलाकाबाट अवैध रुपमा चोरी निकासी गरी नदिजन्य पर्दाथ ढुङ्गा गिट्टी निकाली रहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यलय कास्कीबाट खटिएको प्रहरीको टोलिलेसो टिप्पर नियन्त्रणमा लिइएको कास्की प्रहरीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ । टिप्परलाई आवश्यक कारवाहीको लागी अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा पठाईएको कास्की प्रहरीले जनाएको छ ।