जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा आज बिहान बजेर ३५ वटा बजेको समयमा अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रूपमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने ५ वटा ट्रिपरहरु नियन्त्रणमा लिइएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र अन्तरगत पर्ने माछापुच्छ्रे गाउँपालिका–१ बाट चोरी निकासी गरी ल्याउदै गरेको अवस्थामा पोखरा महानगरपालिका १९ चितेपानीबाट ट्रिपरलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

प्रहरीले ग१ख १७८, ग१क १५१४, ग२ख ७७, ग१ख ५८६७ मिनिटिप्पर र ग१ख ८४२९ नम्बरको टिप्परले कागजपत्र बिना नदिजन्य पदार्थ पोखरा तर्फ लिएर आएको विकले बताएका छन ।
ति सवारी साधनहरुलाई नियन्त्रण पछि आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा पठाइएको छ ।