जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा छुट्टाछुट्टै ठाउँबाट लागुऔषध गाँजा सहित ४ जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा छुट्टाछुट्टै ठाउँबाट लागुऔषध गाँजा सहित ४ जना पक्राउ परेका छ्न ।

पोखरा १४ नयाँपुलबाट लागुऔषध गाँजा सहित २ जना पक्राउ परेका छन ।

वडा प्रहरी कार्यालय रामबजार बाट खटिएको प्रहरीको टोलीले लागुऔषध गाँजा १ किलो ५०० ग्राम सहित पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा धादिङ घर भइ हाल पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोक बस्ने बर्ष १९ को आशिष थापा मगर र सोहि स्थानमा बस्ने बर्ष २० को पुर्ण तामाङ रहेका छन ।

पक्राउ परेकाहरुलाई कास्की जिल्ला
अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा प्रन्ध दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।

यसैगरी ,

वडा प्रहरी कार्यालय बगर र वडा प्रहरी कार्यालय रामबजार बाट संयुक्त रूपमा खटिएको प्रहरी टोलिले पोखरा महानगर पालिका वडा नम्बर ४ कोइरालामार्ग बाट सर्लाही जिल्ला घर भै हाल कोइरालामार्ग बस्ने बर्ष ३५ को बिरु परियार र पर्वत जलजला वडा नम्बर ९ बस्ने बर्ष २६ को बिनोद पुन पक्राउ परेका हुन ।

उनिहरुको साथबाट लागुऔषध गाँजा १ किलो ४८० ग्राम सहित पक्राउ परेका हुन ।

पक्राउ परेकाहरुलाई कास्की जिल्ला
अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पन्ध्र दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।