जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा चिसो बढ्यो

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ ।

बिहानैदेखि हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढीरहेको छ भने मध्यान्ह १२ बजेबाट सिमसिम पानी परेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ ।

पोखरासँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ । हिमाली जिल्लाहरुमा हिमपातसँगै वर्षा हुँदा जनजीवन थप कष्टकर भएको छ ।