जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराबाट बस चोरी गरेर चितवन लैजादै गर्दा तनहुँका बालक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

बस चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तनहुँ म्याग्देका १७ वर्षिय बालक आइतबार चितवनमा पक्राउ परेका हुन् ।

उनले चोरी गरेको ग १ ख ९६३८ नम्बरको बस चलाउँदै लगिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

चितवन भरतपुर महानगरपालिका वडा नं. ११ आँपटारीमा प्रहरीले चेकजाँच गर्नेक्रममा बालकले चलाउँदै गरेको अवस्थामा बस फेला परेको थियो ।

प्रहरीका अनुसार कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धि मुद्दामा ५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको छ ।