जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराबाट काठमाडौं उड्न लागेको विमानको आकस्मिक ढोका खुलेपछि…

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न लागेको विमानको आकस्मिक ढोका खुलेपछि उडान रोकिएको छ ।

मङ्गलवार बिहान एक यात्रुले बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेपछि उडान रोकिएको हो ।

उडान नं. ६५२ का जहाजको इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझ्दै गरेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए ।

‘के कति कारणले खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझ्दै छन् । इमर्जेन्सी डोरका सिटमा बस्ने यात्रुलाई हाम्रा विमान परिचारिकाले हरेक उडानमा यसबारे ब्रिफिङ गरेका हुन्छन्,’ उनले भने, ‘हाम्रा प्राविधिक टोलीले जहाजको चेकजाँच गर्दैछन् । यात्रुलाई अर्को जहाजबाट काठमाडौं ल्याउन लागिएको छ ।’

विमानस्थलकी प्रवक्ता जसोदा रेग्मीले यात्रुले झुक्किएर ढोका खेलिएको बताइन् । मैले उहाँ९म्याग्दीका भीम परियार० लाई पनि सोधे । उहाँले झुक्किएर खुट्टाले खुल्न गएको भनेर भन्नुभयो,’ उनले भनिन्, उहाँलाई के गर्ने भन्नेबारे छलफल गरिरहेका छौँ ।’

ग्राउन्डमै उड्ने क्रममा ढोका खुलेको र बुद्ध एयरसँगको छलफलपछि विमान उडान सुरु हुने प्रवक्ता रेग्मीले सुनाइन् ।