जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको अर्मला महको पकेट क्षेत्र,कृषकलाई मौरी घार वितरण

जन्मभुमि खबर ,
पोखरा ।

मौरी पकेट क्षेत्रकारुपमा विस्तार हुँदै गएको पोखरा महानगरपालिका १६ का कृषकलाई घार वितरण गरिएको छ ।
वडास्तरीय कृषि सञ्जालद्धारा आज लामाचौरमा आयोजित एक कार्यक्रम बीच चार लाख मुल्य बरावरका एक सय आधुनिक घार कृषकलाई वितरण गरिएको हो ।

उत्तीसको काठ र टुनीका फ्रेम रहेको चार हजार मुल्य रहेको उक्त प्रति घारमा पोखरा महानगरपालिकाको ५० प्रतिशत अनुदान र बाँकी स्वयंम कृषकले व्यहोर्ने व्यवस्था मिलाईएको छ ।

गत आर्थिक बर्षमा वितरण गरिएका कूल २३ लाख ४६ हजार ७७० मुल्य वरावरका १९३ वटा घारमा फष्टाएका मौरी फोरेर नयाँ घारमा विस्तार गर्ने लक्ष्यका साथ यस बर्षपनि कृषकलाई खालीघार वितरण गरिएको कार्यक्रममा जानकारी दिइयो ।

पोखरा महानगरपालिका वडा नं. १६ का वडाअध्यक्ष अमृत शर्मा तिमिल्सिनाले कृषकलाई मौरीघार वितरण गर्दै व्यवसायिक मौरीपालनमा जुट्न वडावासीलाई आग्रह गरे ।

“महानगरले यस वडालाई मौरीको पकेट क्षेत्र घोषणा गरि मौरीपालक कृषकलाई सहयोग गर्दै आएको छ” उहाँले भन्नुभयो,“मह र घार विक्रीबाट आयआर्जन गर्दै स्वरोजगार बन्नु आजको आवश्यकता हो ।”

मौरीघार विस्तार गर्दै जानुहोस महानगरवाट सक्दो सहयोग रहने विश्वास व्यक्त गर्दै उनले थपे उपलव्ध गराईएका घारको सहित सदुपयोग गर्न आग्रह गर्दै आवश्यक तालिमको समेत व्यवस्था गरिने छ ।

वडा कृषि सञ्जालका अध्यक्ष जितबहादुर वस्नेतका अनुसार महानगरको १३ लाख ९५ हजार ७३० रुपैया अनुदान र कृषकको १३ लाख ५१ हजार ४० रुपैया लगानी भई सकेको छ ।

गत जेठको महिनामा वितरण गरिएका घारबाट कृषकले पहिलो पटक मह उत्पादन शुरु गरेको बताउँदै उहाले चारनको राम्रो व्यवस्था र कृषकको मेहनतले यस वडा महको हव बन्ने विश्वास व्यक्त गर्दै हालसम्म २९३ थान मौरीका घार वितरण भई सकेको जानकारी दिए । सो क्षेत्रका कृषकले यस अघि पनि घरमा खानको लागि मौरीपालन गर्दै आएका थिए ।

महानगर कृषि सञ्जालको अनुदान र आफ्नो व्यक्तिगत तर्फबाट मौरी सहितका छ घार खरिद गरेको बताउँने पोखरा १६ स्थित महेन्द्र गुफा चोककी निर्मला वस्नेतले मह विक्री शुरु गरेको बताएकी छन ।

घरमा दुई बर्ष अघि खरिद गरेको घार थियो, मह उत्पादन पनि राम्रै भएको बताउँदै उहाँले भन्नुभयो, अनुदानमा पाएको घार, सुरक्षा सामाग्री र सूर्यमुखी फुलको विउ एवम् तालिमले मौरी पालनमा थप उत्साही बनाएको छ । उत्पादन मह प्रति केजी एक हजार पाँच सय रुपैयामा विक्री गर्दै आएको उनको बताइन् ।

अर्मला जुम्लेटिकी सिता कार्कीको घरमा चारवटा घार छन्, उत्पादित मह विक्री हुदैन कि भन्नु पर्दैन खरिद गर्ने ग्राहक घरमै आउदछन्, ५० प्रतिशतमा आज प्राप्त गरेका दुईवटा खालीघारमा मौरी राख्ने तयारी गरेकी छन ।

अघिल्लो बर्ष मौरी सहितको अनुदानमा प्राप्त गर्नुभएको घारको मौरीले उत्पादिन दिन शुरु गरेको बताउँदै अर्मला डिहीकी रामलक्ष्मी गुरुङ भन्छिन घर छेउको बारीमा चार वटा मौरीका घार रहेका छन् मह विक्रीबाट बार्षिक ५० देखि ६० हजारसम्म आम्दानी हुने गरेको छ, विस घार पु¥याएर चार देखि पाँच लाख भन्दा बढी आम्दानी गर्ने सोच रहेको छ ।

पोखरा महानगरपालिकाको आर्थिक सहयोग एवम् कृषि सञ्जालको व्यवस्थापनमा व्यवसायिक कृषकलाई तीनदिने मौरीपालन तालिम समेत प्रदान गरिएको थियो । तालिम लिएका कृषकलाई मात्र अनुदानको घार वितरण गरिने व्यवस्था रहेको छ ।

महानगर कृषि महाशाखाले अर्मलालाई कृषिको हव वनाउने लक्ष्यका साथ मौरी सहित तरकारी, पशुपालन, आलुको विउ उत्पादन लगायतका क्षेत्रमा अनुदानको व्यवस्था गरेर कृषकलाई प्रोत्साहन गर्दै आएको छ ।