जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पूर्व मिस नेपाल श्रृंखलाले गरिन् बिहे

जन्मभुमि खबर ,
पोखरा ।

पूर्व मिस नेपाल श्रृंखला खतिवडा बैवाहिक जीवनमा प्रवेश गरेकी छिन्। उनले सञ्चार उद्यमी तथा प्रेमी सम्भव सिरोहियासँग बिहे गरेकी हुन्।

काठमाडौँको होटल हायातमा अहिले उनीहरुको बिहेको समारोह चलिरहेको छ । श्रृंखला र सम्भवको बिहेमा दुबैतिरका नजिकका परिवार र आफन्तलाई मात्रै बोलाइएको छ।

बेहुली बनेकी श्रृंखला निकै खुसी देखिएकी छिन्। रातो सारी र गहनामा सजिएकी उनी निकै सुन्दर देखिएकी छिन्।

श्रृंखला र सम्भव केही वर्षदेखि प्रेम सम्बन्धमा थिए। यी दुईले आफ्नो प्रेम सम्बन्धलाई आज विवाहमा परिणत गरेका हुन् ।

श्रृंखलाले करिब दुई महिनाअघि सम्भवसँगको प्रेमसम्बन्धबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।