जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पावर बैंक पड्केर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगलागी

जन्मभुमि खबर ,
पोखरा ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । चिनियाँ नागरिक जियान जिङ्गले बोकेको ह्याण्ड ब्यागमा आगो लागेको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीले बताए ।

जियान जिङ्ग एयर चाइनाको उडानबाट चीनको ताइफु जान लागेकी हुन् । स्टेरलाइज हलमा झोलामा रहेको पावर बैंक पड्केर आगो लागेको डीआईजी ठकुरीले जानकारी दिए । आगलागीबाट पावर बैंक र साथमा रहेको ल्यापटपमा क्षति पुगेको छ । घटनामा मानवीय क्षति भएको छैन ।